
काठमाडौँ , १८ असोज | संविधान दिवसका अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्वको रिटमा आज बिहीबार सुनुवाई हुँदैछ । खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल रिगलले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
२०७२ असार २९ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या भएको थियो ।
मृतक चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतवार भारतीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । उनले रिगलको आममाफी फिर्ता हुनुपर्ने माग राखेका छन् ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे