
काठमाडौँ, मङ्सिर २५ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज पाँच दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आज सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् ।
दल दर्ताको निवेदन दिनेमा नेकपा ( एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी , जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ । आयोगले दल दर्ताका लागि २४ गते बाट मंसिर २९ गतेसम्म समय तोकेको छ । माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे