
काठमाडौ , २० पौष । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ गएका छन । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव समुद्घाटनका लागि राष्ट्रपति तनहुँ गएका हुन ।
राष्ट्रपति पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे , प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख लगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेल यसअघि असोज ६ गते दमौली सभाहल उद्घाटनका लागि त्यहाँ गएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे