
एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना, जो अहिले भारतमा निर्वासनमा छन्, मंगलबार एक भर्चुअल सम्बोधनमार्फत पुनः राजनीतिमा सक्रिय हुने संकेत दिएकी छन्। हसिनाले आफूलाई अझै बंगलादेशको वैध प्रधानमन्त्री ठह्राउँदै संविधानको आधारमा आफ्नो पदको वैधता स्पष्ट गरिन्। उनले वर्तमान सत्ता नेतृत्वलाई चुनौती दिँदै भनिन, “उनीहरूको शक्तिको कुनै वैधता छैन।”
अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागप्रति गम्भीर प्रतिक्रिया व्यक्त गर्दै हसिनाले यो प्रयासलाई विदेशी शक्तिहरूको षड्यन्त्र भनेकी छन्। उनले आफ्नो पार्टीलाई बंगलादेशको स्वतन्त्रता र लोकतन्त्रसँग जोड्दै अवामी लिगलाई नष्ट गर्न चाहने प्रयासलाई असफल बताइन्।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि हसिनाले आक्रोशित हुँदै आलोचना गरिन्, उनलाई “फासीवादी” र “भ्रष्ट”का रूपमा चित्रित गर्दै युनुसको जनआन्दोलन र विदेशी पैसाको सहारामा सत्तामा आएको आरोप लगाइन्।
हसिनाले जनतालाई विश्वास दिलाइन् कि युनुसको असली रूप अब उजागर भइसकेको छ र उनको विरुद्ध कानुनी कारबाहीको सम्भावना पनि व्यक्त गरिन्। यो सम्बोधनले संकेत दिएको छ कि हसिना राजनीतिक रूपमा सक्रिय रहन चाहन्छिन् र समय उचित लागेमा बंगलादेश फर्कन तयार छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे