
हेटौँडा, १८ पुस ।आज (बुधवार) बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । हेटौँडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले हेटौँडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको हो ।
मोटरसाइकलले फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरी टोलीमाथि ठक्कर दिएको थियो । एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । सोही घटनामा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री घाइते भएका छन् ।
मोटरसाइकल चालक हेटौँडा ४ का गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे