
लहान — कामना सेवाविकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत लहाननगरपालिका वडा नं. ५ का विपन्न परिवारलाई जाडोयाम फाइबर सिरक वितरण गरेको छ।
बैंकको स्थानीय शाखा मार्फत सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख श्यामचवाईँले स्थानीय बासिन्दाहरुलाई फाइबर सिरक हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा लहाननगरपालिका वडा नं. ५ का स्थानीय, बैंकका कर्मचारी, वडा अध्यक्ष र उद्योग वाणिज्य संघका अध्यक्ष उपस्थित थिए।
कार्यक्रममा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएका प्रयासले स्थानीय समुदायमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। स्थानीय बासिन्दाहरुले यस मानविय पहलप्रति खुशी व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्।
कामना सेवाविकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँग समन्वय गरी यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस प्रकारको पहलले विपन्न वर्गको जीवनस्तर सुधारमा सहयोग पुर्याउने र समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे