
काठमाडौँ, २० पौष । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन्।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकरले पुस्तकालयको उद्घाटन गरेका हुन्।भारतीय विदेशमन्त्री जयशकर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरे। आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।
हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे