
काठमाडौँ , १६ असोज | १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।जेजिझाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाइ जितका लागी २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको योगफल तयार पारेको छ । भारतका लागी याशांभी जैसवालले शतक बनाएका छन् । बलिङमा दिपेन्द्र सिह एरीले २ विकेट लिदा सोमपाल कामि र सन्दिप लामिछानेले एक एक विकेट लिएका छन् ।
नेपाल अहिले ब्याटीङ गरिरहेको छ । यसअघि समूह चरणमा मंगोलियाविरुद्ध कीर्तिमानी २ सय ७३ रनको जित र माल्दिभ्सविरुद्ध १ सय ३८ रनको शानदार जित दर्ता गर्दै नेपाल क्वाटरफाइनलमा पुगेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे