
एजेन्सी | भारत सरकारले कम्बोडियामा अनलाइन ठगी चलाउन बाध्य भएका २५० नागरिकलाई उद्धार गरेको जनाएको छ । विगत तीन महिनामा ७५ जनाको उद्धार गरिएको छ भने बाँकीको समयसीमा स्पष्ट छैन।उनीहरूलाई जागिर दिने वाचा गरिएको थियो तर अवैध साइबर काम गर्न बाध्य पारिएको थियोू, विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।हालैका रिपोर्टहरूले कम्बोडियामा फसेका ५००० भन्दा बढी भारतीयहरूलाई साइबर(फ्राड योजनाहरू सञ्चालन गर्न बाध्य पारिएको बताएको छ।
विश्वभरका लाखौं मानिस दक्षिण पूर्व एसियामा रोजगारी ठगी गर्ने मानव तस्करहरूको सिकार भएको अनुमान गरिएको छ।अगस्ट २०२३ मा म्यानमारमा कम्तिमा १ लाख २०,००० र कम्बोडियामा १,००,००० मानिसहरूलाई जबरजस्ती लगाइएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे