
काठमाडौं, मङ्सिर १७ । दोलखाको तामाकोशी गाउँपालिमा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–२ का २० वर्षीय सन्जीव सार्की रहेका छन् ।
शनिबार राति सन्जीव समेतका सात जना झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका थिए । सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई छातीमा छर्रा लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा आइतबार मृत्यु भएको हो
प्रहरीले अन्य ६ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे