
काठमाडौँ, फागुन २१ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी नजिकैको हनुमन्ते खोलामा एक पुरूष मृत फेला परेको छ । आज सोमबार बिहान मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ राधेराधेस्थित हनुमन्ते खोलामा एक जना पुरूष मृत फेला परेका हुन् ।
खोलामा बा ८६ प.९७३० नम्बरको स्कुटर संगै उत्तानो परेको अवस्थामा उक्त युवाको लाश फेला परेको छ । घटना शंकास्पद रहेको र थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने त्यहाँ उपस्थित प्रहरीले जानकारी दिएका छन् ।
मृतक इलाम नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको तिनकुने बस्ने २६ वर्षीय छत्र थापा भएको खुलेको छ ।
शव पोष्टमर्टमको लागि अस्पतालमा लगिएको प्रहरी वृत्त ठिमीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे