
काठमाडौं, मङ्सिर १२ । बाँकेमा एक चौध वर्षीया बालिकाको हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । भारतका ३० वर्षीय महेश चौहानले डुडुवा गाउँपालिका वडा नं . १ टेपरीका श्यामलाल चमारको १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जेल चलान भएका हुन् ।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेका थिए ।
चौहानले प्रहरीसमक्ष आफूले शिलाबति चमारलाई खेतमा मुख थुनेर हत्या गरेको स्वीकारेका छन्। शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ। चौहानलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद हुन सक्ने प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे