
काठमाडौँ, जेठ २५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो गरेका छन्
शुक्रबार काठमाडौंमा आयोजित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०को ५७ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । उनले अनावश्यक भ्याट बिलको विषयमा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराएको अवस्थामा पनि बजेटमा छुटेकोमा गुनासो व्यक्त गरे ।
उनले नीति तथा कार्यक्रममा भारत र नेपालको सिमावर्ती क्षेत्रका पर्यटकहरुलाई र तराई मधेसका आन्तरिक पर्यटकलाई गर्मीको मौसममा, फुर्सदको मौसममा उनीहरुको चाहना अनुरुपको गन्तव्य तय गर्ने कुरा भने सम्बोधन भएको बताए ।
उने भने, ‘यसपालिको नीति तथा कार्यक्रममा नेपाल भारत सीमावर्ती क्षेत्रका पर्यटकहरुलाई, तराई मधेसका आन्तरिक पर्यटकलाई गर्मीको मौसममा, फुर्सदको मौसममा कसरी उहाँहरुको चाहना अनुरुपको गन्तव्य तय गर्ने भन्ने हिसाबले ‘इको हिल स्टेसन’ अवधारणा ल्याएका हौं । त्यो ठाउँमा काठमाडौं उपत्यका, महाभारत श्रृङखलाको दक्षिणतर्फ जहाँ तराइबाट छोटो दुरी पनि पर्छ । त्यहाँ सरकारको तर्फबाट पूर्वाधार तयार गरेर व्यवसायलाई सहयोग पुग्नेगरी काम गर्ने र निजी क्षेत्रलाई पनि लगानी गर्न वातावरण बनाउने हिसाबले सोचेको छौं ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे