
काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाएका छन् । बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले विश्वासको मत दिएका हुन् । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थिए भने एक जना सांसदले तटस्थमा मतदान गरेका थिए ।
प्रधानमन्त्रीप्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग गठबन्धन गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे