
काठमाडौँ, ४ माघ । संलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनका पुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने बताइएको छ । सम्मेलन यही ५–६ माघमा युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ ।
यसैबीच प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे