
काठमाडौँ , मङ्सिर १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट गर्नुभयो। यसअघि, प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग पनि भेटवार्ता गरेका छन्।
सो भेटका क्रममा, दुई देशका अधिकारीहरूले नौ बुँदे सहमतिरसमझदारी पत्रमा हस्ताक्षर गरेका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार, द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
प्रधानमन्त्री ओली सोमबारदेखि सुरु भएको यस भ्रमणमा मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे