
काठमाडौं, २३ जेठ | प्रतिनिधि सभाको बैठक आज पनि बस्दै भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।
आज सदनमा छलफलका क्रममा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची राखिएको छ । यस्तै, बैठकमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने, ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, सांसद प्रेम सुवालले नै अर्को ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ । आजै ‘भन्सार महशुल विधेयक, २०८१’ पनि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे