
काठमाडौँ, फागुन ११ । प्रतिनिधि सभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्दै छ । बिहीबारको बैठक आवश्यक गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । बैठकमा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र उपस्थित देखिएपछि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।
बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले हिजो संसद बैठक अवरुद्ध गरेका थिए । गत पुस १३ गते कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको र प्रहरीको गोली लागी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृृत्यु भएको थियो ।
आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर बिधेयक सबन्धी समितिको प्रतिबेदन २०८०’ पेश गर्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे