
काठमाडौँ, १० फागुन । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेले संसदको शून्य समय सुरु भएको भने गरे लगतै विपक्षी दलहरुले मन्त्री ज्वालालाई कारबाही नगरेसम्म संसदको कार्यक्रम अघि बढ्न नदिने बताएका छन ।
नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले यसअघि नै मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ । गत पुस १३ गते कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको र प्रहरीको गोली लागी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृृत्यु भएको थियो ।
बालकुमारी घटनाको छानबिन समितिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थियो तर अझैसम्म पनि कारबाही नगरेकाले विपक्षी दलहरुले संसद अवरुद्ध गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे