
पाल्पा, कात्तिक ६ । आइतबार पाल्पाको रानीमहल नजिकै भएको दुर्घटनामा परि एकै परिवारका ६ जनाको मृत्यु भएको छ । दसैँमा रानीमहल घुमेर फर्कने क्रममा बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप तानसेन–रानीमहल सडकखण्डको वैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन् ।
जीप दुर्घटनामा नवलपरासीका देवचुली नगरपालिका–१६ का रजघराका कृष्णबहादुर लोहनी, सविना धिताल, पार्वती लोहनी, सविस लोहनी, इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ का चुना धितालको मृत्यु भएको पुष्टी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सात जना पूर्वी नवलपरासी देवचुली नगरपालिका–१६ रजहरका स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे