
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उनले यस्तो धारण व्यक्त गरेका हुज् । उनले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए ।
उनले भने , ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ , प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौँ भने यसलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरू एक ठाउँमा आउने बेला भएको छ ।’
जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए साथै विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे