
काठमाडौँ, २९ असोज । पठाओ र इनड्राइभ को नाममा आफलाइन ड्राइभ गर्ने ८३ जना पक्राउ परेका छन् ।
आइतबार काठमाण्डौँका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डौँले जनाएको छ ।
विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता भएको पुष्टि भएको छ । सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले आफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरु तथा आम सर्वसाधरणहरुमा जिल्ला प्रहरी परिसर, काठमाण्डौ हार्दिक अनुरोध समेत गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे