
काठमाडौं , वैशाख २७। नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निणर्य गरेका हुन् ।
सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनाबाट सबैले तलब र सेवा सुविधा पाउने उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे