
काठमाडौं । नेकपा एकीकृत समाजवादी ‘एस’ को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे