
नवलपरासी , फागुन १ | नवलपरासीमा दुई जनाको शव फेला परेको छ । सुस्ता गाउँपालिका–३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय नाती गौचरण चमारको गएराति हत्या भएको हो । मंगलबार बिहान उनीहरुको शव घरदेखि झण्डै पाँचसय मिटर दक्षिणमा फेला परेको हो ।
मृतक यक्षलालको छोरा बुहारी , दुई नाती र एक नातिनी रहेका छन् । छोरा रोजगारीका लागि भारत गएपछि बुहारी एक छारा र एक छोरी लिएर माइती घरमा गएकी थिइन् भने एक नाती हजुरबुबासँगै बस्दै आएका थिए ।
उनिहरुको शरिरमा धारिलो हतियार प्रहार गरि हत्या गरिएकाले प्रहरीले यस बिषयमा थप अनुसन्धान थालेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे