
काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसदलाई जानकारी दिएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखाले आइतबार प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर राईको गिरफ्तारीको बारेमा सूचना पुर्याएको हो।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ठगीको आरोप लागेका राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी प्रहरीको पत्रमा उल्लेख गरिएको छ।
सांसद राईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले सभामुखलाई जानकारी गराएको छ।
शनिबार बेलुका काठमाडौंको कपन क्षेत्रबाट पक्राउ परेकी राईलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ, र यस घटनामा थप अनुसन्धान जारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे