
काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । उनले सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत धरहरा भित्रको पार्किङको बन्द नहुने बताएका हुन् । शहरी विकास मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको धरहराको बेसमेन्टमा पार्किङ नगराउन भन्दै महानगरपालिकालाई पत्र काटेपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत मन्त्रालयलाई कडा जवाफ दिएका छन्।
उनले लेखेका छन् , ‘ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो ।”

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे