
धनकुटा , मङ्सिर ७ । धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्। धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन्।
बुधवार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुई जना मृत अवस्थामा र एक जना झुन्डिएको अवस्थामा फेला परेका छन्।
टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । टीकाराम गुरुङकी ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे