
काठमाडौं। देशभर ४५ प्रतिशत मत खसेको छ। प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
देशभरका कुल १ सय ६५ निर्वाचन क्षेत्रका १० हजार ९ सय ६७ मतदानस्थलमा बिहीबार बिहानैदेखि मतदान भइरहेको छ।
साँझ ५ बजेसम्म चल्ने मतदान प्रक्रियामा अझै पनि मतदाताहरू लाइनमै रहेकाले अन्तिम समयसम्ममा खसेको मतको कुल प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे