
काठमाडौं । एसपिजि अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका नेपालका आधिकारिक वितरक) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट तथा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीलाई ब्रान्ड एम्बेसेडरको रूपमा नियुक्त गरेको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका दौरान ऐरीलाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर घोषणा गरिएको थियो। कार्यक्रममा दिपेन्द्रले ओमोडा एन्ड जेइकोसँगको आबद्धताले आफूलाई अत्यन्त उत्साहित बनाएको बताउँदै यो नियुक्तिले खेल क्षेत्रमा आफ्नो भूमिका अझ सहज बनाउने विश्वास व्यक्त गरे।
समारोहमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा र एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाको उपस्थिति रहेको थियो।
ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकको भूमिका निर्वाह गरेको थियो। यो सहकार्यले कम्पनीको ब्रान्ड र खेलकुदबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे