
काठमाडौँ, २३ फागुन । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। बसमा चालकसहित ३० जना घाइते छन् । १० जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको छ भने केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मृतकको सनाखत हुन बाँकी छ। बसमा ४२ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य यात्रुको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
उनका अनुसार मृतकहरुको पहिचान खुलेको छ । चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे