
काठमाडौँ, ३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड नेपाली रुपेयाँ मूल्य बराबरको विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) सहित पक्राउ गरिएको हो ।
उनीहरु बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका थिए । प्रहरी स्रोतका अनुसार आज उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे