
काठमाडौँ, फागुन ३० । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ कायम रहेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आज एक हजार ६ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलाको एक लाख पाँच हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार तेजाबी सुन तोलाको एक लाख पाँच हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे