
रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने जस्ता कुराहरु लेखी पोस्ट गरेका थिए।
श्रेष्ठले आफ्ना विषयमा जथाभावी लेख्नेलाई कारबाही गरिपाउँ भनी उजुरी गरेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे