
काठमाडौं। डाबर नेपाल ले आफ्नो वार्षिक बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनमा आगामी आर्थिक वर्षका लागि संस्थागत प्राथमिकता निर्धारण गर्दै व्यवसाय विस्तारका रणनीतिमा सहमति गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका सहायक महाप्रबन्धक अभयप्रसाद गोरखाली ले सम्मेलनपछि प्रतिक्रिया दिँदै टोलीको उत्साह, प्रतिबद्धता र चुनौती सामना गर्ने क्षमताले आगामी दिनमा अझ उत्कृष्ट परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनमा विभिन्न विभागका प्रतिनिधि तथा व्यवस्थापन तहका पदाधिकारी सहभागी भएका थिए। कार्यक्रममा बजार विस्तार, बिक्री वृद्धि र सेवा प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ।
डाबर नेपालले आगामी दिनमा गुणस्तरीय उत्पादन, सुदृढ वितरण प्रणाली र प्रभावकारी बजार रणनीतिमार्फत प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे