• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ३०, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वित्तीय अपराध निगरानी , आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ५ सयभन्दा बढी शङ्कास्पद कारोबार

१९ घण्टा अघि
२

एसएमएस सेवाको दुरुपयोग नगर्न सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

२१ घण्टा अघि
३

नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल

२१ घण्टा अघि
४

विशेष केन्द्रीय महाधिवेशनमा आजै उम्मेदवारी प्रक्रिया र मतदान

२१ घण्टा अघि
५

क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड

२२ घण्टा अघि
६

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु

२२ घण्टा अघि
७

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न,सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन

२३ घण्टा अघि
८

बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा

२३ घण्टा अघि
९

राष्ट्रपतिकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता

२३ घण्टा अघि
१०

१ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक

२३ घण्टा अघि
११

आफ्ना नागरिकलाई तुरुन्तै इरान छोड्न अमेरिकाको आग्रह

२३ घण्टा अघि
१२

नेपाल शैक्षिक परामर्श संघमा नयाँ नेतृत्व,अध्यक्षमा लक्ष्मण (एन्ड्रियु) पौडेल निर्वाचित

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० मंसिर २, शनिबार (२ साल अघि)

जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

  • 1,425 Views
  • जाजरकोट, मङ्सिर २ । भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उहाँकी छोरी घाइते हुनुभयो । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते हुनुभयो । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ ।

    आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लाग्नुभएको छ । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाउनुभएको छैन । अहिले उहाँको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्नका लागि गएका गएको थिए ।

    घरमा आमा, छोरीमात्र भएको समयमा आएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको बताउनुभयो । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनुपर्‍यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र (गाउँमा बोलाउने नाम) बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो ।

    अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबाढी गरिएको थियो ।

    पटकपटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताउनुभयो ।

    भेरी नगरपालिका–४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ ।

    कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालमै सहारामा खुला चौरमा रहनुभएको छ ।

    भूकम्प जानुभन्दा तीन अघि सुत्केरी हुनुभएकी उहाँ दैवले हात थाम्दा बाँचेको बताउनुहुन्छ । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आउनुभएको उहाँको भनाइ छ । भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा रहेको छ । त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै खालको समस्य रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ ।

    भेरी नगरपालिका–१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आउनुभएको छ । दुई महिनाको छोरासहित बस्दै आएकी उहाँको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ ।

    पुष्पाले भन्नुभयो, “अरु नदेखिने समस्य त के हामीलाई थाहा छैन ।” धन्न घर भत्किँदा बाचेको जिन्दगी त्रिपालको सहारामा कसरी बाँच्ने सङ्र्घष सुरु भएको उहाँको बताउनुभयो । “त्रिपालबाट पनि शीत चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?,” उहाँले भन्नुभयो, “राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौँ । चिसो र भोकले मर्ने बेला भो ।”

    त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताउनुभयो । उहाँले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताउनुभयो ।

    “जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिकरूपमा डराइरहेको अवस्था छ,” नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले भन्नुभयो । प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु अवस्था रहेको बताउनुभयो । स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

    स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताउनुभयो । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ ।

    नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० श्ययाको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षीत पुगेको छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वित्तीय अपराध निगरानी , आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ५ सयभन्दा बढी शङ्कास्पद कारोबार
    १९ घण्टा अघि

  • २

    एसएमएस सेवाको दुरुपयोग नगर्न सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी
    २१ घण्टा अघि

  • ३

    नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल
    २१ घण्टा अघि

  • ४

    विशेष केन्द्रीय महाधिवेशनमा आजै उम्मेदवारी प्रक्रिया र मतदान
    २१ घण्टा अघि

  • ५

    क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड
    २२ घण्टा अघि

  • ६

    भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु
    २२ घण्टा अघि

  • ७

    नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न,सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन
    २३ घण्टा अघि

  • ८

    बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा
    २३ घण्टा अघि

  • ९

    राष्ट्रपतिकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता
    २३ घण्टा अघि

  • १०

    १ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

    #BusinessCompliance
    २

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

    #B1B2Visa
    ३

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    ४

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

    #AdventureTravel
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    आइएमएफ मिशन प्रमुखसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुधार र पारदर्शितामा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution