
बाँके , मङ्सिर २९ | बाँकेको कोहलपुर नगरपालिकामा बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुर मातहत प्रहरी बिट मदन चोकमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वली रहेको छ ।
गाडीको ठक्करबाट अर्का एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन् । ठक्करमा परि प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएको छन् । बिहीबार राति कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको र उपचारका क्रममा वलीको मृत्यु भएको हो । सहायक हवल्दार बुढाक्षेत्रीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको जनाइएको छ ।
प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे