
काठमाडौं,जेष्ठ २१। सांसद धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौं भने २ खर्ब राजश्व वृद्धि हुने बताए ।आज प्रतिनिधि सभामा बोल्दाबोल्दै उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानून बनाउनको लागि त्यो सँग सम्बन्धी मन्त्री र सचिवहरुलाई छिटो यस सम्बन्धी कानून तर्जुमा गरेर ल्याउन भनेको थिएँ । यसलाई औषधिजन्य रुपमा यसको प्रवद्र्धन गर्नुपर्छ । यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यसकारणले गर्दा यसलाई औषधी बनाउनको लागि गाँजा खेती गर्न सक्छौं ।
हामीले गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौ भने २ खर्ब आजको लिनेमा राजश्व वृद्धि हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।
सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए ।
उनले भने, ‘साथ सहयोग गरेर अघि बढौं, नेपाल बनाउने सबै मिलेर हो । सत्तामा हुदाँ मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन । यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौं । योजनाहरु बनाउ र अगाडि बढौं म निवेदन गर्न चाहन्छु । अर्थ मन्त्री त परिवर्तन भइ रहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौं ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे