
काठमाडौँ, माघ २५ । नेपालले क्यानडामाथि ७ रनकोले जित हात पारेको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जित हात पारेको हो ।
नेपालले क्यानडालाई ७ रनले हराएको हो। जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतकिय पारी खेले । नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।
नेपालका लागि भने कप्तान रोहित कुमार पौडेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सराफ र कुशल मल्लले १–१ विकेट लिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे