
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन स्टेशनरी तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो।
कार्यक्रममा बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो। सो अवसरमा प्रधानाध्यापक पौडेलले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धिमा बैंकको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउने उल्लेख गर्नुभयो।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि स्थानीय सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे