
काठमाडौँ, फागुन १३ । आइतवार बसेको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छानबिनमा रहेका मन्त्रीको राजीनामा माग गरेको छ ।बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको राजीनामा मागेका हुन ।
गिरीले यस बिषयमा सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे ।
उनले भनेका छन्, ‘विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् ।’ उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरेपनि सरकारले बेवास्ता गरिरहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे