
काठमाडौँ, २६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएक छन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने बताए । उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ , कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । ’
मान्छे हिँडिसकेपछि बोल्नुको अर्थ नरहने उनले बताए । सभापति शेरबहादुर देउवाले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा दुःखे व्यक्त गरे साथ अर्को पटक टिकट पाए जिताएर देखाउन आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे