
काठमाडौँ, ९ माघ । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । आजनै अदालतमा उनको बयान शुरु हुनेछ भने आज बयान सकिएमा आजै थुनछेक बहस हुनसक्ने सम्भावना रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले गत आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो। लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । बुटवलको सुप्रिम सहकारीको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत वैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे