
बारा | महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका-७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले बा.९४ प ६११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ | बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५७ मिलिग्रामसहित सोही महानगरपालिका-१२ बस्ने २३ वर्षीय शौरभ सोनीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया | बाँसगढी नगरपालिका-९ पहाडिपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४५ ग्रामसहित सोही नगरपालिका-९ माछागड बस्ने २४ वर्षीय अम्मर बहादुर चनारालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो
मकवानपुर | हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने २७ वर्षीय बिस्सुराज लामालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ सय २५ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले लामाको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिरहा | धनगढीमाई नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित सोही नगरपालिका-१३ भोर्लेनी बस्ने ४८ वर्षीय राम सुफल महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँके | नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो
झापा | दमक नगरपालिका-९ बस्ने २६ वर्षीय पासाङ तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे