
काठमाडौँ, वैशाख २८ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा।वि।स। १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेका छन् ।
शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । १० जनाबाट उक्त गिरोहले पाँच करोड ५० लाख रुपियाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब सात करोड ५० लाख रकम लिएको खुल्न आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे