
काठमाडौँ , १२ माघ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न सक्ने कुरा गरेका छन्। किभमा २०२५ फोरमको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै, जेलेन्स्कीले युरोप र अमेरिका दुवैको समर्थन महत्त्वपूर्ण भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुर्लभ खनिज साझेदारी प्रस्तावलाई स्वीकार गर्न तयार रहेको बताएका छन्, यद्यपि यसअघि उनले राज्य नबेच्ने भन्दै यो प्रस्ताव अस्वीकार गरेका थिए।
अहिले युक्रेनमा युरोपेली नेताहरुको बैठक सुरु भएको छ, जसमा आउँदो वर्षको लागि युक्रेनको सुरक्षा र रणनीतिक योजना बारे छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे