
काठमाडौँ ,४ कार्तिक | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुसमक्ष आग्रह गरेका छन्।काठमाडौं–७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले मानुषीमा सानैदेखि समर्पित भएर मिहेनत गरेर लाग्ने र इनर्जेटिक रहेको बताए ।मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छिन् ।गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे