
काठमाडौँ , जेठ ७ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षका लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ मा रहेको दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा साथीहरूसँग पौडी खेल्न गएका थिए। खेल्दाखेल्दै उनी पोखरीमा डुबेका थिए। पछि डुबेको अवस्थामा भेटिएपछि तुरुन्त उद्धार प्रयास भए पनि उनको ज्यान जोगाउन सकिएन।
घटनापछि लोकेशसँगै रहेका उनका आठ जना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामा भरतपुर–२२ का सिमन थापा, प्रवीण घिमिरे, मेघलाल चुडाल, दिपेश महतो, शुबु खत्री, भरतपुर–१३ का आदेश सुवेदी, वडा नम्बर १४ का आशिष शर्मा र लमजुङका नारायण बस्नेत रहेका छन्।
हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। डुबेको कारण प्रस्ट नभएकोले सबै पक्षको बयान लिएर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे