
धनगढी, असार ९ — धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव फेला परेको हो। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीकी बासिन्दा रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। घटनाका बेला कोठाको ढोका बाहिरबाट ताल्चा लगाइएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए। घटना शंकास्पद भएको भन्दै प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे