
काठमाडौँ, १० माघ । झापाको एभरेष्ट चिया बगानमा एउटै रुखमा झुण्डिएको अवस्थामा युवा–युवती मृत भेटिएका छन्।
मंगलबार विहान कचनकवल गाउँपालिका–४ मा रहेको एभरेष्ट चिया बगानमा एक युवक र एक युवती मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा अन्दाजी २५ वर्षका राजेशकुमार गणेश र १८ वर्षकी पवित्रा राजवंशी रहेका छन्।
घटना बारे प्रहरीले थप अनुसन्धान थालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे